म एमाले छोड्न सक्छु तर बालेनको साथ छोड्दिन : सुनिता डंगोल

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले अनधिकृत संरचनाहरू हटाउने महानगरको अभियानमा आफ्नाे साथ र समर्थन रहेकाे स्पष्ट पारेकी छन् । मेयर बालेन्द्र साहको नेतृत्वमा चलिरहेको अभियानमा उपमेयरको अनुपस्थितिलाई लिएर प्रश्न उठाइएपछि उनले स्पष्टीकरण दिएकी हुन् ।

सामाजिक सञ्जालमार्फत आफ्नाे स्पष्टीकरण सार्वजनिक गर्दै डंगाेलले अ तिक्र मण हटाउने महानगरकाे अभियानमा आफ्नाे असहयाेग रहेकाे भनेर विभिन्न मिडियामा प्रकाशित समाचारमा सत्यता नरहेकाे बताएकी छन् । आफूलाई साेध्दै नसाेधी कपाेलकल्पित ढंगले समाचार प्रकाशन गरिएकाेमा उनले आपत्तिसमेत जनाएकी छन् ।

डंगोलको स्टाटस जस्ताको तस्तै-

सार्वजनिक वा सरकारी जग्गा अति क्र मण गरी निर्माण गरेका अनधिकृत संरचना (निर्माण कार्य तथा नक्सा स्वीकृती गर्दा भुइँतला वा बेसमेन्टलाई पार्किङ्गको प्रयोजन देखाई पछि अन्य व्यापारिक प्रयोजनमा लगाएका संरचना) हटाउने कार्यलाई केही दिनदेखि काठमाडौंमहानगरपालिकाले निरन्तरता दिदैँ आएको विदितै छ ।

त्यस्ता अनधिकृत संरचना हटाउने अभियान काठमाडौं महानगरपालिकाको हो । म काठमाडौंमहानगरपालिकाको उपमेयरको हैसियतमा छु । त्यसैले कानुन कार्यान्वयन गर्ने सबै कार्यमा मेरो साथ, सहयोग र समर्थन रहेको स्मरण गराउन चाहन्छु ।

काठमाडौं महानगरलाई साँच्चिकै स्वच्छ, सुन्दर, जीवन्त र व्यवस्थित सांस्कृतिक नगरका रूपमा थप विकास गर्ने मेरो एजेण्डाप्रति म सजग र सचेत रहेको पनि स्मरण गराउन चाहन्छु । तर, केही दिनदेखि मुख्य गरेर केही अनलाईन मिडियाहरुमा महानगरपालिकाको पछिल्लो अभियानसँग मलाई जोडी आम महानगरवासीमा समेत भ्रम सिर्जना गर्ने गरी गरेका समाचार सम्प्रेषणप्रति मेरो ध्यानाकर्षण भएको छ ।

पत्रकारिता क्षेत्रलाई राष्ट्रको चौथो अंगका रुपमा लिइने गरिएको छ । पत्रकारिता क्षेत्रमै निरन्तर लागिरहनु भएका पत्रकार मित्रहरुलाई पत्रकारिताका तीन सिद्धान्त सत्यता, सन्तुलन र विश्वसनीयताका बारेमा मैले यहाँ व्याख्या गरिरहनु पर्ने आवश्यकता ठानेको छैन ।

यद्यपि, पत्रकारिताको धर्म र मर्मलाई समेत सामान्य हेक्का नराखी वा मसँग जोडिएका समाचारमा मेरो कुनै प्रतिक्रिया नै समावेश नगरी एकपक्षीय र अनुमानका भरमा समाचार सम्प्रेषण गरी भ्रम सिर्जना गर्ने कार्यले पत्रकारिताप्रतिको विश्वसनीयता नै कमजोर हुनेप्रति ख्याल राखिदिनुहुन अनुरोध गर्दछु ।

उनले निकटवर्तीहरूलाई एमालेमा आफ्नो लामो इतिहास र लगानी नभयको कारण एमाले छोड्न सक्ने तर राम्रो काम गरिरहेको बालें को साथ छोड्न नसक्ने बतायको स्रोतले बताय |

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय