गाउँपालिका अध्यक्षले आफ्नै श्रीमतीलाई भान्से नियुक्ति गरेपछि…

अछाम : अछामको रामारोशन गाउँपालिकाका अध्यक्षले आफ्नी श्रीमतीलाई भान्सेको जागिर दिलाएको खुलेपछि आलोचना भएको छ ।

गाउँपालिकाका अध्यक्ष मानबहादुर साउँदले आफ्नी श्रीमती जयसरा साउँदलाई भान्सेको जागिर दिलाएको खुलेपछि आलोचना भएको हो । अध्यक्ष साउँदको ठाडो निर्देशनमा उनीकी श्रीमती साउदलाई विज्ञापन बिना नै कार्यालय सहयोगीको कोटामा भान्से पदमा नियुक्त गरिएको थियो ।

करार सेवा अन्तरगत १५ जेठ गतेदेखि लागू हुनेगरि १५ मंसिरसम्म (६ महिना) का लागि उनले सो नियुक्त गरेका थिए । जसअनुसार श्रीमती जयसराले ले गाउँपालिकावाट मासिक २१ हजार ३ सय तलव र वार्षिक १० हजार पोशाक भत्ता सेवा सुविधा पाउने छिन् ।

अध्यक्ष साउँदले आफ्नै श्रीमतीलाई जागिर दिएको भन्दै आलोचना भइरहेको बिषयमा बुझदा प्रमुख प्रशासकिय अधिकृत रामबहादुर भण्डारीले पालिका अध्यक्षको निर्देशन अनुसार नै करारमा भान्से नियुक्त गर्न लगाएको जनाए ।

श्रीमतीलाई जागिर दिलाएको बारेमा बुझन खोज्दा गाउँपालिकाका अध्यक्ष साउँदले भने प्रतिक्रिया दिन आनाकानी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय