जेसिबी चलाएको हेर्न गएका दुई बालकको मृत्यु

 मोटरबाटो खन्ने क्रममा जेसिबी चलाएको हेर्न जाँदा रोल्पाका दुई बालकको माथिबाट खसेको पहिरोले पुरिएर मृत्यु भएको छ ।

जिल्लाको परिर्वन गाउँपालिका–५ निवासी प्रकाश खड्काका ६ वर्षीय छोरा डेविड र उनका २ वर्षीय भाइ इशान खड्काको आइतबार बिहान मृत्यु भएको हो । 

 रोल्पाका प्रहरी प्रमुख विनोद घिमिरेका अनुसार आइतबार विहान उनीहरुको घरबाट करिब  २ सय  मिटरको दुरीमा पर्ने इरिबाङ्ग खरिबोट मोटरबाटोको  नयाँ ट्रयाक खोल्न जेसिबी चलाइएको थियो । उनीहरु दुई भाइ  विहान साढे ९ बजेको समयमा हेर्न गएका थिए ।

सो समयमा  जेसिबी   छाडेर चालक खाजा खान गएको  प्रहरीको भनाइ छ  । 

त्यही बेलामा माथीबाट खसेको डिस्को–पहिरोले पुरेर उनीहरु दुबै जनाको ज्यान गएको हो  ।

  यस्तै दुई दिन अघि गुल्मीमा पनि सडक मर्मतका क्रममा जेसिबी चलाउँदा एक जना १४ वर्षीय बालक गगन रायमाझीको ज्यान गएको थियो । – रातोपाटिबाट

प्रतिक्रिया

सम्बन्धित खवर