एमालेलाई विरासत जोगाउन चुनौति, गठबन्धनलाई उम्मेदवार चिनाउँनै भाउँतो

नुवाकोट । मेयरको टिकट पाउँनकै लागि दुई करोडभन्दा बढी खर्च गरेको भन्दै बिदुरका कांग्रेस उम्मेदवार राजन श्रेष्ठमाथि कांग्रेसकै एउटा समूहले आरोप लगाइरहेका बेला नुवाकोटको सदरमुकाम विदुर नगरपालिकाको चुनाव रोचक बन्दैछ ।

यहाँ नेकपा एमालेका मेयर उम्मेदवार सन्जु पण्डित र गठबन्धनका उम्मेदवार राजन श्रेष्ठबीच प्रतिस्पर्धा छ भने उपमेयरमा एमालेबाट युवा महिला अम्बिा पौडेल र गठबन्धनबाट माओवादीकी युवा महिला तथा स्वर्गीय पोष्टबहादुर बोगटीकी छोरी प्रभा बोगटी प्रतिस्पर्धामा छन् ।

निबर्तमान मेयर समेत रहेका एमाले उम्मेदवार सन्जु पण्डित स्थानीयमाझ लोकप्रिय रहे पनि यसपटक गठबन्धनको सामना गर्नु उनका लागि चुनौतिपूर्ण बनेको छ ।

बिदुर नपा देशकै सामरिक स्थानमा अबस्थित रहेको कारणले यसको निकै ठुलो महत्व छ । एमाले अध्यक्ष केपी ओलीको सपनाको रुपमा रहेको चिन जोड्ने रेलमार्ग तथा सुरुङमार्ग यही ठाउँ भएर जानुपर्ने हुँदा यसको महत्व अझ बढेको छ ।

एमालेको बलियो पकड रहेको मानिएको बिदुर नगरपालिकामा अहिले सम्म उसले हारेको इतिहास छैन भने उता ५ दलीय गठबन्धन यो पटक त्यो इतिहास तोड्ने लक्ष्यका साथ अघी बढेको छ ।

गठबन्धनको लागि प्रतिकुलता भनेको मेयरका उम्मेदवारको अपरिचित व्यक्तित्व नै हो । गठबन्धनकी उपमेयर उम्मेदवार प्रभा बोगटी जति लोकप्रिय छिन्,मेयर उम्मेदवार राजन श्रेष्ठलाई जनतामाझ चिनाउनु पर्ने अवस्था छ ।

उनी काठमाडौंमै बसेर ब्यापार व्यवसाय गर्न अर्बपति व्यवसायी हुन् । तर नेवार बाहुल्य रहेको बिदुर को १,२,४,५ बाट कांग्रेस उम्मेद्वार राजन श्रेष्ठलाई जातिय भोट धेरै आउन सक्ने अनुमान सत्ता गठबन्धनको छ ।

तर एमाले नेताहरु भने यो तर्कमा सहमत छैनन् । २ बाहेक ती वडाहरु पहिले सेटसहित एमालेले जितेको तथा निकै बलियो संगठन रहेकोले त्यहाँ जातको आधारमा भोटिङ नहुने एमालेका युवा नेता सुरेश भण्डारी बताउँछन् ।

फेरी विदुर नगरपालिका भनेको कुनै पनि समुदायको बहुमत नभएको नगरपालिका हो । यहाँ मुख्य रुपमा बाहुन छेत्री , तामाङ, नेवार , दलित तथा कुमाल तथा अल्पसंख्यक मुस्लिम समुदायको समेत उल्लेख्य बसोबास रहेको छ । नुवाकोटको धार्मिक सांस्कृतिक चाड,जात्रा यहाँको धामी पुजा लगायत पर्ब सबै जातीले उत्तिकै महत्वको साथ मनाउने गरेकोले यहाँ जातीय नारा बिक्न गार्हो रहेको स्थानियको दाबी छ । गठबन्धनमा रहेका कांग्रेस माओबादी केन्द्र बाहेक अन्य दलको खासै जनमत नरहेको र पछिल्लो समय नुवाकोट माओबादी केन्द्रका धेरै जसो नेता कार्यकर्ता एमाले प्रबेश गरेकोले बाहिर भिडन्त एमाले कांग्रेसबीच नै हुने देखिन्छ ।

भागबण्डा नमिलेकाले गर्दा नेकपा एस गठबन्धनबाट बाहिरिसकेको छ भने टिकट बितरणमा पैसाको चलखेल भएको भन्ने हल्ला ले गर्दा कांग्रेस मै पनि असन्तुष्टी रहेको छ ।

टिकट बितरणमा एकलौटी गरिएको भन्दै अर्जुननरसिंह केसी निकट कांग्रेस नेता कार्यकर्ता निष्कृय जस्तै रहेका छन । हिजो नेकपा कालमा निकै बिबाद देखिएको एमाले भने एकढिक्का भएर चुनावमा लागेको छ ।

बिगतमा माधव नेपाल पक्षमा रहेकाहरु दश बुँदेमार्फत एमालेमा सक्रिय छन् । नुवाकोटको टिकटमा महत परिवार हाबी भएकोमा कांग्रेसमा असन्तुष्टी छ । बिदुर नगरपालिकामा २०४९ र ५४ मा एमालेका ठाकुर गजुरेल मेयर जितेका थिए भने २०७४ मा जितेका सन्जु पण्डित नै यसपटक पनि उम्मेदवार छन् । – नेपाल प्रेस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय