एमाले मुसिकोटले वडाध्यक्षमा ८ मा नारायण सापकोटा ७ मा हरिहर सापकोटार २ मा महेन्द्र घिमिरेलाइ उम्मेदवार बनाउने

आसन्न वैशाख ३० मा हुन गैरहेको स्थानिय निर्वाचनमा नेकपा एमालेले मुसिकोट नगरपालिका वडा नम्बर ८ वामीमा अहिलेका वडाध्यक्ष तथा पार्टी जिल्ला सदस्य समेत रहेका नारायण सापकोटालाइ उम्मेदवार बनाउने बुझिएको छ ।

त्यस्तै मुसिकोट ७ वामीटक्सारमा पार्टी जिल्ला सदस्य समेत रहेका हरिहर सापकोटालाइ उम्मेदवार बनाउने गरि एमाले निर्णयको नजिक पुगेको एमाले निकट श्रोतले बताएको छ । वडाध्यक्ष पदको लागि निर्णय भएतापनि वडासदस्यको लागि भने केहि समयमा टुङ्गो लगाउने गरि पार्टि तयारीमा लागेको एमालेले बताएको छ ।

वडा नम्बर ७ मा हरिहर सापकोटासङ्गै पार्टी नगर सचिव समेत रहेका गोपिकृष्ण खरेल र पार्टी जिल्ला सदस्य समेत रहेका भुवन केसी आकांक्षी हुनुहुन्छ ।

त्यस्तै वडा नम्बर ८ वामीमा नारायण सापकोटासङ्गै पार्टी जिल्ला सदस्य समेत रहेका राम बहादुर बोहोरा आकांक्षी हुनुहुन्छ ।

आधिकारिक घोषणा नभएतापनि वडा नम्बर ७ र ८ को उम्मेदवार घोषणाको लागि अन्तिम तयारी भएको बताइएको छ। वडानम्बर २ मा भने घोषणा गरिसकिएको छ ।

चुनाव नजिकिँदै गर्दा एमालेले वडाध्यक्षहरुको टुङ्गो लगाउने क्रम अन्तिम चरणमा पुराएसङ्गै मुसिकोट २ मुसिकोटबाट युवा उम्मेदवार पार्टीका नगर सचिवालय सदस्यसमेत रहेका महेन्द्र घिमिरेलाइ सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको एमालेले बताएको छ ।

यो सङ्गै एमालेले वडा नम्बर २ मुसिकोट,३ र ४ बडागाउ,६ कुर्घा ९ अर्लाङ्गकोटमा उम्मेदबारको टुङ्गो लगाइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय