साँढे दुहेर दुध झर्छ भन्नु र कांग्रेस, एमाले, माओवादीले देश बनाउँछन् भन्नु एउटै हो : लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा कांग्रेस, एमाले र माओवादीलाई भोट दिएमा देश बर्बाद हुने बताएका छन्।

बिहीबार गोरखा सदरमुकाममा आयोजित राप्रपाको आमसभालाई सम्बोधन गर्दै उनले ती पार्टीलाई भोट दिएर विगतमा गरेको गल्ती नदोहोर्‍याउन आग्रह गरेका छन्।

‘३१ वर्षदेखि केही सिमित राजनीतिक दल र तिनका सीमित नेताको चक्रव्यूमा देशसँगै हामी पनि फसेका छौं,’ उनले भने, ‘अबको चुनावमा पनि त्यही दलहरूलाई भोट दिने हो भने हामी बर्बाद हुने मात्र होइन, हाम्रो भावी सन्ततिको भविष्य पनि बर्बाद हुन्छ।’

ठूला भनिएका यी पार्टीले देश बनाउलान् भनेर प्रतिक्षा गर्नु र गोरुले दुध दिन्छ भन्नुउस्तै भएको नेता लिङ्देनले बताए। ‘कांग्रेस, एमाले, माओवादीले चुनाव जितेर देश बन्छ भन्नु र साँढे दुहेर दुध झर्छ भन्नु उस्तै हो,’ उनले भने, ‘यस्तो मुर्खता अब गर्नु हुँदैन।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय