पल प्रकरण : निर्माता थापा पक्राउ, नायिका पुजा शर्मालाई पनि नियन्त्रणमा लिने तयारि

काठमाडौँ- नाबालिग बलात्कार आरोपमा प्रहरीमा उजुरी परेपछि फरार अभिनेता पल शाहले अभिनय गरेको ‘म यस्तो गीत गाउँछु २’ का निर्देशक तथा निर्माता सुदर्शन थापालाई प्रहरीले पक्रेको छ।​

प्राइमटाइम टेलिभिजनमा धमलाको हमला कार्यक्रममा शनिबार दिउँसो​ अन्तर्वार्ता दिएर फर्किँदै गर्दा थापालाई टेलिभिजन परिसरबाटै प्रहरीले नियन्त्रणमा लिएको कार्यक्रम सञ्चालक ऋषि धमलाले जानकारी दिएका छन्।

बानेश्वर प्रहरी वृत्तले उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जनाएको छ । प्रहरीले सो चलचित्रकी नायिका पुजा शर्मालाई पनि नियन्त्रणमा लिने तयारी रहेको स्रोतले जानकारी दिएको छ । – मिडिया डबली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय