काठमाडौँ । गायिका अन्जु पन्तको स्वरमा १५ वर्ष अघि रेकर्ड भएको गीतकार विपिन किरणको गजल ‘नबिर्से तिमीलाई नपाएँ तिमीलाई‘’ यतीबेला विवादमा परेको छ ।
यो गजललाई चार दिन अघि गीतकार विपिन किरणले नयाँ पुस्ताकी गायिका रचना रिमालको स्वरमा रेकर्ड गराएपछि अहिले यो गजलको प्रस्तुति विवादमा परेको हो । यस अघि यो गजललाई सुरुमा अन्जु पन्त र त्यसपछि पुरुष स्वरमा जगदीश समालको स्वरमा रेकर्ड गराएर बजारमा ल्याइएको थियो । त्यतिबेला निकै चलेको यो गजललाई अहिले रचना रिमालको स्वरमा रेकर्ड गरेर ‘रचना रिमाल भर्सन’ भन्दै बजारमा ल्याएपछि स्रष्टाहरूले यसको टिप्पणी गरेका छन् ।
ओरिजीनल गायक र गायिकाको नाम उल्लेख नगरिनु दुखद: गायिका पन्त ओरिजीनल गीतको गायिका अन्जु पन्तले ओरिजीनल गायकरगायिकाको नाम उल्लेख नगरिनु दुखद भएको बताएकी छन् । ‘
उही संगीत उही एरेन्जमेन्ट नयाँ भर्सनमा ओरिजीनल गायक गायिकाको नाम समेत उल्लेख नगरी, अफिसियल भनेर सार्वजनिक हुनु चाहिँ दुखद र अन्यायपूर्ण कुरा हो,’ उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया सार्वजनिक गर्दै भनेकी छन्, ‘के र कुन उद्देश्यका लागि यस्तो भयो, मलाइ थाहा भएन ।’
एक व्यक्तिको कुरा भन्दा पनि संगीत र कलाकारलाई दिने सम्मान नै भुल्न लागिरहेको हो कि भनेर चिन्ता लागेको उनले बताइन् । ‘आशा छ सम्बन्धित पक्षले यो विषयलाई अनावश्यक विवाद र चर्चा गरिरहनु भन्दा दर्शक श्रोताको माग अनुसार समाधानको उपाय निकाल्नु हुनेछ,’
उनले भनेकी छन्, ‘भविष्यमा कोही पनि कलाकार अपमानित र अन्यायमा परेको अनुभूति गर्ने दिन कहिल्यै नआओस् ।’साथै उनले गजललाई नयाँ गायिकालाई फरक भर्सनमा गाउन लगाउनुले आफूलाई दुःख नलागेको बताइन् । ‘अहिले नयाँ भर्सनमा गायिका रचना रिमालको स्वरमा रेकर्ड भएछ ।
मेरी छोरी समान कि रचना नानु लगायत सबै नवआगन्तुक कलाकारप्रति सधैँ स्वागत, आशीर्वाद र धेरै माया छ र रहिरहने छ,’ उनले अगाडि भनेकी छन् ।’
https://www.facebook.com/photo.php?fbid=2173174676166540&set=a.207909829359711&type=3