काठमाडौं – नेपालमा धमाधम आइपीओ खुल्न थालेका छन् ।यही माघ २१ गते जाल्पा सामुदायिक लघुवित्तको आइपीओ निष्कासन हुँदै छ भने अर्को कम्पनीले पनि आज आइपीओ निष्कासनको मिति तय गरेको छ ।
इनर्जी नेपालले माघ २६ गतेबाट प्राथमिक शेयर निष्कासन खुल्ला गर्ने आज एक सूचना मार्फत जानकरी दिएको छ ।कम्पनीको आइपीओ मा छिटोमा फागुन १ गते सम्म आवेदन दिन सकिने छ भने त्यो अवधिमा आवेदन पूर्ण नभए फागुन ११ गते सम्म मिति थप गरिने छ ।
कम्पनीले ५ लाख ५५ हजार ६ सय कित्ता शेयर निष्कासन गर्दै छ । जसमा ११ हजार १ सय १२ कित्ता कर्मचारीको लागि,२७ हजार सात सय ८० कित्ता म्यूचुवल फण्ड र बाकी रहेको ५ लाख १६ हजार ७०८ कित्ता सर्वसाधारणको लागि निष्कासन गर्ने छ ।
यो पनि पढ्नुहोस् – काठमाडौं–५२.४ मेगावाटको विद्युत् परियोजना निर्माण गरेको ग्रिन भेन्चर कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ ।
ग्रिनभेन्चरले ६२ करोड ५० लाख रुपियाँको आईपीओ निष्कासन गर्नका लागि नेपाल धितो पत्र बोर्डबाट अनुमति पाएको छ । आवश्यक प्रक्रिया पुरा गरे पछि ग्रिनभेन्चरले अब आईपीओ निष्कासन गर्नेछ ।
यस कम्पनीले सोलुखुम्बु, रामेछाप र ओखलढुंगाको सीमा भएर बग्ने लिखु खोलामा निर्माण भएको ५२.४ मेगावाटको लिखु–४ जलविद्युत आयोजना निर्माण गरेको छ । कम्पनीले गत कात्तिकदेखिनै विद्युत उत्पादन सुरु गरेको छ ।
कम्पनीका अध्यक्ष सुवास संघाईका अनुसार निर्माण सुरु गरेको ३९ महिनामा सम्पन्न भई आयोजनाबाट विद्युत उत्पादन सुरु गरिएको छ ।
आयोजनाले उत्पादन गरेको विद्युत विद्युतगृहदेखि १७ किलोमिटर दूरीमा रहेको २२० केभी न्यू खिम्ती सबस्टेसनमा जोडिएको छ ।
सबस्टेसनसम्मको प्रसारणलाइन प्रवद्र्धक कम्पनीले निर्माण गरेको हो । यो आयोजना निर्माण सम्पन्न गर्न सुरुवातमा नौ अर्ब ५४ करोड रुपैयाँ लागत अनुमान गरिएको थियो । सुरुवातमा यो आयोजना १२० मेगावाटमा निर्माण गर्ने गरी डिजाइन गरिएको थियो ।
पछि १२० मेगावाटमा निर्माण गर्न सम्भव नदेखिएपछि क्षमता घटाएर ५२.४ मेगावाटमा निर्माण गरिएको हो ।आयोजनामा व्यावसायिक प्रतिष्ठान त्रिवेणी र विशाल ग्रुपको लगानी छ । आयोजनाको लागत १० अर्ब १६ करोड रुपैयाँ छ । जसमध्ये ७५ प्रतिशत ऋण र २५ प्रतिशत प्रवद्र्धकहरु तथा सर्वसाधारणको लगानी रहनेछ ।
आयोजनामा नबिल बैंकको अगुवाईमा ७ वटा बैंकहरुले ७ अर्ब ६२ करोड रुपैयाँ लगानी गरेका छन् । जसमा नबिलको १ अर्ब ४२ करोड, लक्ष्मी बैंक र ग्लोबल आइएमई बैंकले १ अर्ब २५ करोडका दरले लगानी गरेका छन ।
त्यस्तै एसबीआई र सनराइज बैंकले ११ अर्ब तथा प्रभु र सानिमा बैंकको ८५÷८५ करोड रुपैयाँ ऋण लगानी छ । – आर्थिक संदेशबाट