२०७८ माघ १७ गते, साेमवारको राशिफल

२०७८ माघ १७ गते, साेमवार, ३१ जनवरी २०२२। माघ कृष्णपक्ष, चतुर्दशी तिथि

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । लाभदायक यात्रा हुनेछ, तर स्वास्थ्यको भने ख्याल गर्नु पर्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) बन्न लागेको काम बिग्रिनेछ । स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ । साझेदारी काममा उल्झन आउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) भाग्यले विभिन्न अवसर जुराउनेछ । नयाँ काम सुरु गर्ने समय छ । चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनसक्छ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) भाग्यले विभिन्न अवसर जुराउनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ । धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोबारमा सफलता पाइएला । लाभदायक यात्रा होला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । सहकर्मीबाट विरोध आउला । नियमित खर्चसमेत बढ्ने योग छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । मनमा कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज रोकिएको धन पाइन सक्छ । घरमा अतिथिको आगमन हुनेछ । महत्त्वपूर्ण कामको थालनी हुनेछ । आँटेको काम पनि पुरा होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शुभारम्भको चर्चा चल्नेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ, स्वास्थ्यको भने ख्याल गर्नु पर्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । घरमा अतिथिको आगमन हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । 

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय