काठमाडौं । जालपा सामुदायिक लघुवित्त वित्तीय संस्थाले यही माघ २१ गते साधारण शेयर (आइपीओ) निस्कासन गर्ने भएको छ।
प्रति शेयर एक सयका दरले ५ लाख २२ हजार कित्ता शेयर मध्ये पाँच शुन्य दशमलव पाँच प्रतिशत अर्थात् ८ हजार कित्ता कर्मचारीहरुलाई र पाँच प्रतिशत कित्ता शेयर अर्थात् २६ हजार १ सय कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने ४ लाख ८७ हजार ९ सय कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको छ।
यो पनि पढ्नुहोस् – काठमाडौं – बैंक तथा वित्तीय संस्थाहरु चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् ।
सोही क्रममा हाल विभिन्न १० वटा विकास बैंकले चालु आवको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।हालसम्म सांग्रिला, मुक्तिनाथ, गरिमा, महालक्ष्मी, शाईन रेसुंगा, ज्योति, कामना सेवा, मितेरी, सिन्धु र लुम्बिनी विकास बैंकले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
जसमा मुक्तिनाथ विकास बैंकको नाफा घटेपनि सबैभन्दा बढि नाफा आर्जन गर्ने बैंक बनेको छ । त्यस्तै, लुम्बिनी विकास बैंक, सांग्रिला विकास बैंक र महालक्ष्मी विकास बैंकको नाफा पनि बढेको छ ।
राष्ट्रियस्तरका विकास बैंकहरूले ६ महिनामा ३ अर्ब २० करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । गत आर्थिक बर्षको सोही अवधिको तुलनामा ४६ करोड २२ लाख रुपैयाँले बढीनाफा आर्जन गरेका हुन् ।
कामना सेवा विकास बैंकको ११.८९ प्रतिशत र मुक्तिनाथ विकास बैंकको २.१४ प्रतिशत नाफा घटेको छ । तर पनि बैंककोहरुको नाफामा उल्लेख्य रुपमा बृद्धि भएको हो ।
प्रतिशतका आधारमा सबैभन्दा धेरै नाफा सांग्रिला डेभलपमेन्ट बैंकको ५८.८६ प्रतिशत बढेको छ । यता रकमका आधारमा सर्वाधिक नाफा मुक्तिनाथ विकास बैंकको ६० करोड २४ लाख रुपैयाँ आर्जन गरेको छ ।
राष्ट्रियस्तर, बाहेकका सिन्धु विकास बैंकको नाफा ३ करोड ५५ लाख रुपैयाँ र मितेरीको ६ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।