सानिमा लाइफको सेयर मूल्यमा उच्च वृद्धि, प्रतिकित्ता कति पुग्यो ?

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको सेयर मूल्य वृद्धि भएको छ । यति बेला कम्पनीको सेयर मूल्य ७.५२ प्रतिशतले वृद्धि भएको हो ।

यो समाचार तयार गर्ने बेलासम्म कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४२ रुपैयाँ १० पैसाले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य ६०२ रुपैयाँ कायम भएको छ । यति बेला विन नेपाल लघुवित्तको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।

यस्तै, बुद्धभुमि नेपाल, मध्य भोटेकोशी लगायतको कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ ।

यो पनि पढ्नुहोस् – यो पनि पढ्नुहोस् – काठमाडौं–नेपाल धितोपत्र बोर्डमा नेतृत्व नहुँदा लामो समयदेखि रोकिएको सर्वसाधारणका लागि सेयर (आईपीओ) निष्कासन अनुमतिको काम सुरु भएको छ ।

यसैबीच बलेफी हाइड्रोपावरले आईपीओ निष्काशनको अनुमति पाएको छ । बोर्डबाट अनुमति पाएसँगै बलेफी हाइड्रोपावरले स्थानीय र सर्वसाधारणको लागि आईपीओ निष्कासनको प्रक्रिया अघि बढाएको छ ।

बलेफीले ३६ लाख ५५ हजार ९४० कित्ता अर्थात ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम ग्लोवल आइएमई क्यापिटलले गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय