काठमाडौं । दुई कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ ।
यति बेला बुद्धभुमि नेपाल हाइड्रोपावर र मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो । यो समाचार तयार गर्ने बेलासम्म बुद्धभुमि नेपालको सेयर मूल्य ९.९८ प्रतिशत अर्थात प्रतिकित्ता ३१ रुपैयाँ ६० पैसाले वृद्धि भएको हो ।
योसंगै कम्पनीको सेयर मूल्य ३४८ रुपैयाँ १० पैसा कायम भएको छ ।यस्तै, यतिबेला मध्य भोटेकोशीको ८.९१ प्रतिशतले वृद्धि भएको हो । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४९ रुपैयाँले वृद्धि भई ५९९ रुपैयाँ पुगेको छ ।
यो पनि पढ्नुहोस् – काठमाडौं–नेपाल धितोपत्र बोर्डमा नेतृत्व नहुँदा लामो समयदेखि रोकिएको सर्वसाधारणका लागि सेयर (आईपीओ) निष्कासन अनुमतिको काम सुरु भएको छ ।
यसैबीच बलेफी हाइड्रोपावरले आईपीओ निष्काशनको अनुमति पाएको छ । बोर्डबाट अनुमति पाएसँगै बलेफी हाइड्रोपावरले स्थानीय र सर्वसाधारणको लागि आईपीओ निष्कासनको प्रक्रिया अघि बढाएको छ ।
बलेफीले ३६ लाख ५५ हजार ९४० कित्ता अर्थात ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम ग्लोवल आइएमई क्यापिटलले गर्नेछ ।