काठमाडौं–विभिन्न बैंक तथा कम्पनीले कविर सवा आठ लाख बढी कित्ता संस्थापक सेयर बुधबारबाट बिक्रीमा राखेका छन् ।
चार वाणिज्य बैंकसहित ८ कम्पनीको संस्थापन सेयर लिलामीमा राखेका हुन् । सिद्धार्थ, कुमारी बैंक, प्राइम बैंक र प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा राखेका छन् ।
प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीले समेत तीन वाणिज्य बैंकसँगै अन्य चार कम्पनीमा रहेको आफ्नो ५ लाख २९ हजार ६७५ कित्ता संस्थापक सेयर बेच्न लागेको हो ।
कम्पनीले कुमारी बैंकको २ लाख, प्राइम बैंकको ६० हजार ६७५ र प्रभु बैंकको ४६ हजार कित्ता सेयर बेच्ने जनाएको छ ।
त्यसैगरी, कम्पनीले नेशनल लाइफ इन्सुरेन्सको १ लाख, आइसीएफसी फाइनान्सको ५० हजार, नेपाल इन्सुरेन्सको ५० हजार र नेपाल ग्रामीण विकास लघुवित्तको २३ हजार कित्ता सेयर पनि लिलामीमा ल्याएको हो ।
जसमा लगानीकर्ताले कुमारी बैंकको सेयरमा न्यूनतम १७५ रुपैयाँ, प्राइम बैंकको सेयरमा न्यूनतम १९० रुपैयाँ, प्रभु बैंकको सेयरमा १७५, नेसनल लाइफ इन्सुरेन्सको सेयरमा न्यूनतम ३९४ भाउ राखेर आवेदन दिन सक्नेछन् ।
यसैगरी, आइसीएफसी फाइनान्सको सेयरमा न्यूनतम २५०, नेपाल इन्सुरेन्सको सेयरमा न्यूनतम ४५० र नेपाल ग्रामीण विकास लघुवित्तको सेयरमा ४०० रुपैयाँ न्यूनतम रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् ।
यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । तर, सिद्धार्थ बैंकको मामलामा भने पहिलो चरणमा संस्थापकहरुले मात्र सेयर खरिदका लागि आवेदन दिन पाउनेछन् ।
यसमा माघ ११ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । सबै कम्पनीको सेयरमा न्यूनतम २ हजार कित्ता वा अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सकिनेछ ।
लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल रहेको छ । – आर्थिक संदेश