सेयर बजारमा रौनकता : यि तीन कम्पनीमा लगानीकर्ताको लर्को

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । उक्त दिन बजार ४३.२९ अंकले वृद्धि भएको हो ।

बिहीबार बजार परिसुचक पनि २६९२.४७ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज बजार १.६३ प्रतिशतले बढेको हो ।आज कारोबार रकममा भने गिरावाट आएको छ । अघिल्लो दिन साढे ४ अर्ब बढीको कारोबार भएकोमा आज घटेको हो । उक्त दिन ३ अर्ब ६७ करोड ६८ लाख ४६ हजार रुपैयाँ बराबरको ७३ लाख ३६ हजार ३३४ कित्ता सेयर किनबेच भएको हो ।

उक्त व्यापार समूह १३.३५ अंक र उत्पादक तथा प्रशोधन समूह ५.९८ अंकले घटेको छ भने यी बाहेक अन्य सबै समूह हरियाली बनेका छन् ।

उक्त दिन अपि पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको १६ करोड ३७ लाख ६ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

कारोबारकै आधारमा दोस्रो स्थानमा रहेको एनआईसी एशिया बैंकको १४ करोड ५२ लाख २१ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

यस्तै, उक्त दिन नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको १० करोड ३६ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय