निफ्राको आज १ लाख कित्ता सेयर बिक्री: मूल्य पनि बढ्यो, प्रतिकित्ता कति पुग्यो ?

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)को सेयर मूल्य वृद्धि भएको छ । बुधवार बैंकको सेयर मूल्य ३.४४ प्रतिशतले वृद्धि भएको हो ।

साताको तेस्रो कारोबार दिन बैंकको सेयर मूल्य प्रतिकित्ता १० रुपैयाँले वृद्धि भएको हो । योसंगै बैंकको सेयर मूल्य आज ३०१ रुपैयाँ कायम भएको छ ।नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज बैंकको २ करोड ९९ लाख ८६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज बैंकको १ लाख ६८३ कित्ता सेयर खरिदबिक्री भएको हो ।

यो पनि पढ्नुहोस् – काठमाण्डौ । बुधबार बजार मापक सूचक नेप्से ९२ अंक भन्दा धेरैले बढेर समग्र बजार २५ सय ७ विन्दुमा पुगेको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेर आज ४ अर्व ५२ करोड हाराहारीमा पुगेको छ ।

बजारमा पछिल्लो समय तरलता आभाव समाधान हुने खालका समाचार आएसँगै लगानीकर्तामा उर्जा थपिएको छ । मंगलबार पनि नेप्से अर्धसतक भन्दा धेरैले बढेर बजार बन्द भएको थियो ।

आजा २३३ कम्पनीहरुको शेयर खरिद विक्रि भएकोमा १८६ कम्पनीको शेयर मूल्य बढेको छ भने बाँकी कम्पनीहरुको शेयर मूल्य भने घटको छ । आज नेप्सेका सम्पुर्ण उपसूचक हरियो हुँदा वीमा समूहको उपसूचक सबै भन्दा धेरैले हरियो भएको छ ।

आज ४ कम्पनीहरुको शेयर मुल्यमा सर्किट लागेको छ भने २ कम्पनीहरुको शेयर मुल्य सर्किट लेवलमा कारोबार भएको छ । आज हिमालयन डिष्टीलरीको शेयर सबै भन्दा धेरै मूल्यको खरिद विक्री भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय