काठमाडौं – साताको द्रोसो साथै कारोबारको पहिलो दिन बजार मापक सूचक नेप्से दोहोरो अंकले घटेर बजार बन्द भएको छ । यो सँगै समग्र बजार २३५८ बिन्दुमा आएको छ ।
नेप्से सँगै कारोबार रकम पनि निकै घटेको छ । आज २ अर्ब ४६ करोड माथिको कारोबार भएको छ । आज २३१ कम्पनीहरूको शेयर खरिद बिक्री हुँदा ४३ कम्पनीहरूको मात्र शेयर मूल्य बढेको छ भने बाँकी कम्पनीहरूको शेयर मूल्य भने घटेको छ ।
विनाकारण बजार घटेसँगै नयाँ लगानीकर्ताहरु निकै आत्तिएको विश्लेषकको भनाइ छ ।
यो पनि पढ्नुहोस् – काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । उक्त दिन बजार १७.९३ अंकले घटेको हो ।
बजार परिसुचक २३५८.८१ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । उक्त दिन २ अर्ब ४६ करोड ४६ लाख ८९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सोमबार दुई कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त दिन गोर्खाज फाइनान्स र हिमालयन डिस्टीलरीका सबैभन्दा बढी सेयर कारोबार भएको हो ।
उक्त दिन गोर्खाज फाइनान्स कम्पनीको १९ करोड २७ लाख १० हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज कम्पनीको २ लाख २७ हजार १४३ कित्ता सेयर किनबेच भएको हो । उक्त दिन कम्पनीको सेयर मूल्यमा पनि सकरात्मक सर्किट लागेको छ ।
आज गोर्खाज फाइनान्सको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता ९२ रुपैयाँ ३० पैसाले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य आज १ हजार १५ रुपैयाँ ३० पैसा कायम भएको छ ।
यस्तै, कारोबार रकमकै आधारमा दोस्रो स्थानमा हिमालयन डिस्टीलरी रहेको छ ।
उक्त दिन कम्पनीको १८ करोड ६६ लाख ४१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज कम्पनीको ३० हजार ८७८ कित्ता सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ ।
उक्त दिन कम्पनीको सेयर मूल्यमा पनि उछाल आएको छ । सोमबार कम्पनीको सेयर मूल्य
१० प्रतिशत अर्थात प्रतिकित्ता ५६७ रुपैयाँले वृद्धि भएको छ । योसंगै कम्पनीको सेयर मूल्य ६ हजार २३७ रुपैयाँ पुगेको छ ।