काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।
कम्पनीलाई २ः१ को अनुपात हकप्रद सेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । हकप्रद सेयर निष्काशनका लागि कम्पनीले मंसिर २९ गते बोर्डबाट अनुमति पाएको हो ।
कम्पनीले २ अर्ब ७२ करोड २९ लाख ७० हजार ५ सय रुपैयाँ बराबरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको हो ।
उक्त हकप्रद निष्काशनका लागि साउन १५ गते बोर्डमा निवेदन दिएको थियो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
यो पनि पढ्नुहोस् – काठमाण्डौ । केन्द्रिय निक्षेप प्रणालीले अबदेखि नजिता सार्वजनिक भएको आधा घण्टामै रिजल्ट हेर्न मिल्ने प्रणाली निमार्ण गरेको जनाएको छ ।
यस अघि नजिताको लागि कम्तीमा तीन घण्टा प्रतिक्षा गर्नु पर्ने अबस्था थियो । सिडिएससिले आफ्नो सिस्टम स्तरोन्नति गरेकाले उक्त सुविधा उपलब्ध हुने बताएको छ। कुनै पनि सार्वजनिक निष्काशन बाँडफाँट भएको आधा घण्टामै नतिजा हेर्न पाइने छ।
पछिल्लो समय हामीले सिस्टम अपग्रेड गर्दै उक्त सुविधा उपलब्ध गराउन लागिएको हो” सिडिएससिले जानकारी दिएको छ ।
सिडिएससिले स्तरोन्नति गरेको सिस्टमको परीक्षण मध्ये भोटेकोसीको शेयर बाँडफाँटमै गरिसकेको छ। परीक्षणमा सफलता मिलेपछि त्यसलाई आउने सार्वजनिक निष्कासनबाट निरन्तरता दिन लागिएको छ।
परीक्षणमा अहिलेको ट्राफिकलाई समेत ध्यान दिइएको थियो। पछिल्लो समय एकै पटक जति मानिसले नतिजा हेर्ने गरेका थिए त्यसभन्दा बढीले हेर्ने गरी त्यसको क्षमता तोकिएको छ। जसले गर्दा एकै पटक धेरै मानिसले एकै पटक नतिजा हेरे पनि ट्राफिक नहुने बताइएको छ।
यस अघि नतिजा आएपछि उक्त नतिजालाई थोरै थोरै गर्दै अपलोड गर्दा तथ्याङ्क अपलोड हुन धेरै समय लाग्ने गरेको थियो। तर अब सबै नतिजा एकै पटक अपलोड गर्न मिल्ने गरी सिस्टमको विकास गरिएको छ। – आर्थिक संदेश