फेरि उच्च दरमा बढ्यो निफ्राको सेयर मूल्य, प्रतिकित्ता कति ?

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)को सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज बैंकको सेयर मूल्य ७.३७ प्रतिशतले वृद्धि भएको हो ।

साताको तेस्रो कारोबार दिन बैंकको सेयर मूल्य प्रतिकित्ता १९ रुपैयाँ ९० पैसाले वृद्धि भएको हो । योसंगै बैंकको सेयर मूल्य २९० रुपैयाँ कायम भएको छ ।नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज बैंकको १ करोड ६४ लाख २ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । बैंकका आज ५७ हजार ७३१ कित्ता सेयर खरिदबिक्री भएको छ ।

यो पनि पढ्नुहोस् – काठमाण्डौ । केन्द्रिय निक्षेप प्रणालीले अबदेखि नजिता सार्वजनिक भएको आधा घण्टामै रिजल्ट हेर्न मिल्ने प्रणाली निमार्ण गरेको जनाएको छ ।

यस अघि नजिताको लागि कम्तीमा तीन घण्टा प्रतिक्षा गर्नु पर्ने अबस्था थियो । सिडिएससिले आफ्नो सिस्टम स्तरोन्नति गरेकाले उक्त सुविधा उपलब्ध हुने बताएको छ। कुनै पनि सार्वजनिक निष्काशन बाँडफाँट भएको आधा घण्टामै नतिजा हेर्न पाइने छ।

पछिल्लो समय हामीले सिस्टम अपग्रेड गर्दै उक्त सुविधा उपलब्ध गराउन लागिएको हो” सिडिएससिले जानकारी दिएको छ ।

सिडिएससिले स्तरोन्नति गरेको सिस्टमको परीक्षण मध्ये भोटेकोसीको शेयर बाँडफाँटमै गरिसकेको छ। परीक्षणमा सफलता मिलेपछि त्यसलाई आउने सार्वजनिक निष्कासनबाट निरन्तरता दिन लागिएको छ।

परीक्षणमा अहिलेको ट्राफिकलाई समेत ध्यान दिइएको थियो। पछिल्लो समय एकै पटक जति मानिसले नतिजा हेर्ने गरेका थिए त्यसभन्दा बढीले हेर्ने गरी त्यसको क्षमता तोकिएको छ। जसले गर्दा एकै पटक धेरै मानिसले एकै पटक नतिजा हेरे पनि ट्राफिक नहुने बताइएको छ।

यस अघि नतिजा आएपछि उक्त नतिजालाई थोरै थोरै गर्दै अपलोड गर्दा तथ्याङ्क अपलोड हुन धेरै समय लाग्ने गरेको थियो। तर अब सबै नतिजा एकै पटक अपलोड गर्न मिल्ने गरी सिस्टमको विकास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय