लगानीकर्ताहरुका लागी खुसिको खबर, नयाँ आइपीओ निष्कासन गर्ने २ कम्पनी थपिए

थप २ कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्डमा निवेदन दिएका छन् ।

सुपरमाई हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारण तथा स्थानिय र साञ्जेन जलविद्युतले स्थानियका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्न सेबाेनमा निवेदन पेश गरेका हुन् ।

सुपरमाई हाइड्रोपावर कम्पनी लिमिटेडले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १० लाख कित्ता आईपीओ निष्कासन गर्न मंसिर २० गते सेबाेनमा निवेदन दिएकाे हाे ।

कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धककाे काम सानिमा क्यापिटल लिमिटेडले गर्नेछ । त्यसैगरी, साञ्जेन जलविद्युतले स्थानियका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ३६ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न मंसिर २० गते सेबाेनमा निवेदन दिएकाे हाे ।

कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धककाे काम नागरिक लगानी काेषले गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय