सानीमा लाईफको कारोबार कहिले देखी सुरु होला ? यस्तो छ पछिल्लो अपडेट

काठमाण्डौ – गत साउनमा आइपीओ निस्कासन गरेको सानीमा लाईफ इन्स्योरेन्सको शेयर सूचीकृत अर्को हप्ता मात्र हुने भएको छ ।

कम्पनीले दिएको जानकारी अनुसार अर्को हप्तामा द्रोसो बजारमा कारोबार गर्ने गरी तयारी अघि बढाएको कम्पनीले जनाएको छ ।कम्पनीले साउन २० गतेबाट एक सय रुपैयाँ अंकति दरमा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ निष्काशन तथा विक्री गरेको थियो हो ।

जसमध्ये कम्पनीले ३ लाख कित्ता अर्थात ५ प्रतिशत कर्मचारी र ३ लाख कित्ता अर्थात ५ प्रतिशत नै सामुहकि लगानी कोषका लागि सुरक्षित गरिएको थियो ।

र बाँकि ५४ लाख कित्ता सर्वसाधरणका लागि छुटाइएको थियो ।केयर रेटिङ नेपालले गरेको रेटिङ अनुसार मध्यम किसिमको सुरक्षाको संकेत गर्ने ‘केयरएनपि आइआर ट्रिपल बि माइनस’ प्राप्त गरेको छ ।

आइपीओमा २४ लाख १९ हजार १२७ जना आवेदकबाट ३ करोड ६९ लाख ४३ हजार ४४० कित्ताका लागि आवेदन परेको थियो । उक्त शेयर १० कित्ताको दरले ५ लाख ४० हजार जना आबेदकले पाउनेछन ।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । प्राथमिक शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय