तेह्रथुम पावरको आइपिओमा आबेदन दिनेको लर्को

काठमाडौ – तेह्रथुम पावर कम्पनी लिमिटेडले बिक्रीमा ल्याएको आइपिओमा पहिलो दिन नै झण्डै साढे पाँच लाख आवेदकले शेयर खरिदको लागि आवेदन दिएका छन्।

बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले दिएको जानकारी अनुसार बुधबार साँझ पाँच बजेसम्ममा ५ लाख ४६ हजार ३६८ जना आवेदकले ७४ लाख ३९ हजार ४२० कित्ता शेयर गरिदको लागि आवेदन दिएका छन। यो भनेको मागको ९.९९ गुणा धेरै हो।

यो पमि पढ्नुहोस् काठमाडौं– रिलायवल लाइफ इन्स्यारेन्स कम्पनीले प्रिमियम मूल्यमा सवा अर्ब रुपैयाँको आईपीओ जारी गर्ने भएको छ ।

१ अर्ब २७ करोड २० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने तयारी गरेको छ । कम्पनी १०० रुपैयाँ अंकित मूल्यमा ११२ रुपैयाँ प्रिमियम मूल्य जोडेर सर्वसाधारणबाट प्रतिकित्ता २१२ रुपैयाँ लिने गरी आईपीओ निष्काशन गर्न माग गर्दै यस अघिनै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छ ।

प्रति कित्ता सय रुपैयाँका दरले नै बिमा कम्पनीहरुले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने गर्ने गरेकोमा रिलायवल लाइफले प्रिमियम मूल्यमा अनुमति माग गरेको हो । बोर्डबाट अुनुमति पाएपछि आईपीओ जारी गर्ने कम्पनीको तयारी छ ।

बोर्डले अनुमति दिए एक सय रुपैयाँमा आईपीओ किन्ने गरेका सर्वसाधारणले भने महंगो रुपैयाँ तिर्नु पर्नेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल मार्केट क्यापिटल रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय