शेयर बजारमा उत्साह कायमै, आज १५ अंकले बढ्दा नेप्से

काठमाण्डौ । बुधबार नेप्से १५ अंकले बढेर ३०९४ विन्दुमा पुगेर बजार बन्द भएको छ ।

नेप्से बढे पनि आज कारोबार रकम भने हिजोको तुलनामा सामान्य घटेको छ । २१९ कम्पनीहरुको १३ अर्व २९ करोड भन्दा धेरैको कारोबार भएको छ । कारोबार भएका मध्य १०९ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने ७३ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । त्यस्तै १ कम्पनीको मात्र शेयर मूल्य यथावत रहेको छ ।

नारायणी विकास बैक लगायत तीन कम्पनीहरुको शेयर मूल्यमा सर्किट लागेर कारोबार हुँदा पन्च कन्या माई जलविद्युतको शेयर मूल्य सबै भन्दा धेरै घटेको छ ।

जीवन वीमाहरुको उपसूचक सबै भन्दा धेरै बृद्धिहुँदा युनाइटेड मोदिको शेयर सबै भन्दा धेरै खरिद विक्री भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय