सबै उडान खुला गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले देशभरी हुने सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको छ ।

सोमबारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।अब निषेधाज्ञाअघिकै अवस्थामा जस्तै देशभरीका सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुला हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री लिलानाथ श्रेष्ठले जानकारी दिनुभयो ।

दोस्रो पटक कोरोना संक्रमण फैलिएपछि सरकारले गएको वैशाख २० गतेदेखि आन्तरिक र २३ वैशाखदेखि अन्तर्राष्ट्रिय उडान बन्द गरेको थियो ।

नेपालमा कोरोना संक्रमण तीव्र बनेपछि कतिपय देशले नेपालबाट हुने नियमित उडानमा प्रतिबन्ध लगाएका छन् ।

अब नेपाललाई रोक नलगाइएका मुलुकमा नियमित उडान सुरु गरिने मन्त्री श्रेष्ठले बताउनुभयो ।
मन्त्री श्रेष्ठका अनुसार सरकारका प्रवक्ताले यस विषयमा आज थप जानकारी दिनुहुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय