कोभिड विरुद्दको खोप मुसिकोटमा पहिलो दिन ६५ जनाले लगाए

भुवन काफ्ले गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा कोभिड विरुद्धको भेरोसिल खोप अभियानको दोस्रो चरणको पहिलो दिन ६५ जनाले खोप लगाएका छन ।

आज देशभर संचालन भएको कोभिड विरुद्धको भेरोसिल खोप अभियानको दोस्रो चरणको पहिलो दिन गुल्मी मुसिकोटका ६२-६४ उमेर समुहका ६५ जनाले भेरोसिल खोपको दोस्रो डोज लगाएको वामीटक्सार स्वस्थ्य चौकि प्रमुख डाक्टर राजन ओलियाले नबखबरलाई जानकारी दिनुभयो । ।

मुसिकोट नगरपालिकामा जेठ २५ गते संचालन भएको कोभिड विरुद्धको भेरोसिल खोप अभियानको पहिलो चरणमा ६२ देखि ६४ बर्षसम्मका जम्मा ८२ जनाले खोप लगाएका भएपनि आज दोस्रो चरणको पहिलो दिन ६५ जना मात्र खोप अभियानमा सहभागि भएको डाक्टर ओलियाले जानकारी दिनुभयो ।

भेरोसिल खोप अभियानको पहिलो चरणमा खोप लगाउनु भएका तर दस्रो चरणको पहिलो दिन खोप लगाउन छुट्नु भएका सबैमा भोलि आफुले पहिलो पटक खोप लगाएको खोप केन्द्रमा गई खोप लगाउनु हुन वामीटक्सार स्वस्थ्य चौकिजा प्रमुख डाक्टर राजन ओलियाले अनुरोध गर्नु भएको छ ।

यो पनि पढनुहोस् – गुल्मीको मुसिकोट नगरपालिकामा आज थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।आज मुसिकोट नगरपालिकामा ११ जनामा गरिएको एन्टिजिन परिक्षणमा ७ जनामा कोरोना संक्रमण देखिएको मुसिकोट नगरपालिका स्वास्थ्य शाखा सम्योजक डिबि जिसिले जानकारी दिनुभयो ।

संक्रमीत हुने मध्य ४ जना महिला र ३ जना पुरुषरहेको मुसिकोट नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय