गुल्मीमा फेरि निषेधाज्ञा थप, कहिले सम्म र के भयो परिमार्जन ?

अनिष पन्थी गुल्मी- नयाँ भेरियन्ट सहितको कोरोना भाइरसको चेनब्रेकको लागि भन्दै गुल्मीमा निषेधाज्ञा असार ३१ गतेसम्म लम्बाइएको छ ।

जिल्ला कोभिड १९ संकट ब्यबस्थापन केन्द्रको बैठकले असार ३१ गते राती १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रशासनले जनाएको छ। यस अगाडी थप गरिएको निषेधाज्ञाको समय भने आज राति १२ बजे सकिदैछ ।

थप गरिएको निषेधाज्ञालाई कडाइका साथ लागु गरिने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ।

यसपटकको लकडाउनलाई परिमार्जन समेत गरिएको छ। निषेधाज्ञाको समय अबधिभर व्युटिपार्लर र सैलुन बाहेक अन्य पसलहरु बिहान ७ बजेदेखी दिउँसो १ बजेसम्म संचालन गर्न पाउने छन् ।

यस्तै बैङक वित्तिय संस्था ,सहकारी, वीमा कम्पनीहरु अफिस समयमा कार्यलयबाट मात्र सेवा दिनेगरि दिउँसो ३ बजेसम्म सन्चालन गर्न पाउने भएका छन। जिल्ला भित्र निर्माण सामाग्री ,पुस्तक ,कृषि जन्य पदार्थ बोक्ने जिप तथा ट्रक सुरक्षा मापदण्ड अपनाएर सन्चालन हुन पाउने भएका छन।

जिल्लामा अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवाहरु बन्द रहनेछन् । निषेधाज्ञाको कसैले अबज्ञा गरे संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अन्तरगत कारवाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय