बिहिबार मुसिकोटका १०४ जनामा कोरोना परिक्षण, संक्रमितको संख्या ?

भुवन काफ्ले मुसिकोट गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा बिहिबार थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहिबार मुसिकोट नगरपालिका वडा नम्बर ६ र वडा नम्बर  २ का १०४ जनामा गरिएको एन्टिजिन परिक्षणमा २ जनामा कोरोना संक्रमण देखिएको मुसिकोट नगरपालिका स्वास्थ्य शाखा सम्योजक डिबि जिसिले जानकारी दिनुभयो ।

हिज मुसिकोट नगरपालिका वडा नम्बर ६ भुवाचिदिमा गरिएको ६९ जनाको एन्टिजिन परिक्षणमा २ जनामा कोरोना संक्रमण देखिएको थियो ।

त्यसै मुसिकोट नगरपालिका वडा नम्बर २ मुसिकोटका ३५ जनामा एन्टिजिन परिक्षण गर्दा सबैमा कोरोना नेगेटिभ देखिएको सम्योजक डिबि जिसिले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय