अविरल वर्षाका कारण बाढी पहिरोको वितण्डा – ७ जना जनाको मृत्यु सयौ विस्थापित

काठमाडौ – केही दिन देखि आएको अविरल वर्षाले नेपालमा ठूलो धनजनको क्षति पुराएको छ ।

पछिल्लो जानकारी अनुसार नेपालमा बाढी पहिरोमा परी ७ जनाको ज्यान गइसकेको छ भने ३ जना वेपत्ता भएका छन् । साथै सयौ घरबार बिहिन भएका छन् ।

ज्यान जानेमा पहिरो र चट्याङका कारण धेरै छन् । त्यस्तै पहिलोले पनि धेरै धन जनको क्षति पुगेको छ ।

बाढी पहिरोको धेरै प्रभावमा चितवन,गोरखा,लमजुङ्ग, धादिङ लगाएका ठाउँ छन् । यस्तै मुग्लिन नारायणघाट सडक खण्ड पनि पहिरोका कारण धेरै ठाउँमा अवरुद्ध भएको छ ।

विगत तीन दिन देखि देशका विभिन्न ठाउँमा अविरल बर्षा भइरहेको छ भने यो क्रम अझ केही दिन रहने मौसम विभागले जनाएको छ ।

तटीय क्षेत्रमा रहेका जनतालाई सचेत रहन विभागले अनुरोध गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय