बुधबार मुसिकोटमा व्यापारीको कोरोना परीक्षण, ७ जनामा संक्रमण पुष्टि

विष्णुप्रसाद आचार्य चकित, मुसिकोट गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा बुधबार थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार वामीटक्सार स्वास्थ्यचौकी र बडागाउ स्वास्थ्यचौकीमा गरिएको १४१ जनाको एन्टिजिन परिक्षणबाट ७ जनामा कोरोना संक्रमण देखिएको मुसिकोट नगरपालिका स्वास्थ्य शाखा संयोजक डिबी जिसीले जानकारी दिनुभयो ।

संक्रमित हुनेमा वामीटक्सारका २ जना पुरुष र १ महिला, वडा नं. ८ का २ जना पुरूष र २ जना महिला रहेको जिसीको भनाई छ।

मुसिकोट नगरपालिकामा कोरोना संक्रमण समुदायस्तरमा फैलिएसङ्गै वडा नम्बर ७ वामिटक्सार बजारका प्रत्येक पसलहरुबाट एक जनाको कोरोना परिक्षण गरिएको हो ।

त्यसै गरि विहिबार वडा नम्बर ६ कुर्घा र मुसिकोट २ मुसिकोटमा परिक्षण हुन लागेकोले सबैलाई उपस्थितिको लागि अनुरोध गरिएको जिसीले जानकारी दिनुभयो ।

यदि कोहि कसैले यस परिक्षणमा सहभागी नभएमा कारबाहीको प्रकृया अगाडि बढाइने पनि उहाँले चेतावनी दिनुभयो ।

मुसिकोट नगरपालिकाको अनुरोध र गुल्मी मुसिकोट उद्योग वाणिज्य सङ्घको समन्वयमा उक्त परिक्षण हुन लागेको बताइएको छ ।

यसअघि मुसिकोट नगरपालिकाले दिएको प्रारम्भिक जानकारी अनुसार ८ जना संक्रमित भनिएकोमा नगरपालिकाको स्वास्थ्य विभागले विवरण सच्याएसँगै हामीले पनि विवरण सच्चाएका छौँ ।-संम्पादक ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय