मुसिकोटमा थप ८ जनामा कोरोना संक्रमण पुष्टी ।

केहरसिंह राना । गुल्मीको मुसिकोट नगरपालिकामा आज ३ पुरुष र ५ जना महिला गरी नगरपालीकाका थप ८ जनामा कोरोना सक्रंमण पुष्टी भएको छ ।

संकास्पद लक्षण देखिएका १४ जनाको आज वामीटक्सार स्वास्थ्य चौकी र वडागाउँ स्वास्थ्यचौकीमा गरिएको एन्टिजेन परिक्षणमा मुसिकोट नगरपालिकाका ८ जनामा कोरोना भाईरसको सक्रंमण पुष्टी भएको हो ।

आज संक्रमित हुनेमा मुसिकोट नगरपालिका वडा नं २ को १ जना पुरुष वडा नं ४ को २ जना

पुरुष ३ जना महिला, वडा नंं ७ को १ जना महिला र बाग्लुङ ३ को १ जना महिला रहेको मुसिकोट नगरपालिकाका स्वास्थ्य शाखा संयोजक डिवि जिसीले जानकारी दिनुभएको छ ।

पछिल्लो समया मुसिकोट नगरपालिका वडा नं। ४ मा संक्रमितको संख्या नपत्याउदो रुपमा बढीरहेको पछिल्लो तथ्यांकले देखाएको छ । बिरामीमा रुघाखोकी र ज्वरो लगायतका कोभिड १९ सँग सम्वन्धीत विभिन्न लक्षणहरू देखिए पछि एन्टिजेन परिक्षण गरिएको वताइएको छ ।

कोरोना भाइरसको दोस्रो भेरियन्ट मुसिकोट नगरपालिकाको समुदाय स्तरमा देखिदाँ हाल सम्म मुसिकोट नगरपालिकामा ३५७ जना नागरिक संक्रमित भइसकेको नगरपालिकाले जनाएको छ ।

कुल ३५७ जना संक्रमित भएकोमा हाल सम्म संक्रमणका कारणले ७ जनाको मृत्यू भइसकेको छ ।

अहिले सम्म २३ जना रुद्रावती बहुमुखि क्याम्पसको आइसोलेसन वार्ड बाट कोभिड – २९ संक्रमण मुक्त भइसकेको छन भने , होम आइसोलेसन बाट आज गरी ३ जना मात्र कोभिड १९ संक्रमण मुक्त भएको छन भने अहिले सम्म जम्मा २९२ जना कोभिड – १९ संक्रमण मुक्त भएको स्वास्थ्य शाखा संयोजक डिवि जिसीले जानकारी दिनुभएको छ ।

हाल नगरपालिकामा कुल ५८ जना सक्रिय संक्रमित रहेको मुसिकोट नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय