जीवन विकासको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ -जीवन विकासको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।

यही असार ११ गते देखि प्राथमिक शेयर निष्कासन गरेको जीवन विकास लघुवित्तको शेयरमा आवेदन दिने आज अन्तिम दिन हो । सोमबार सम्ममा कम्पनीको शेयरमा १८ लाख भन्दा धेरैको कृतीमानी आवेदन परेको छ ।

आज बैंक समय भित्र लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

कम्पनीको १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ आज असार ११ गतेबाट निष्काशन तथा बिक्री खुल्ला गरेको थियो।

आईपीओको कूल कित्तामध्ये कुल पुँजीको ०।५ प्रतिशतले हुन आउने ३० हजार ४२० कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्नलागेको पुँजीको ५ प्रतिशतले हुन

आउने ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।

उक्त आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आवेदन दिईरहेका लगानीकर्ताहरुको संख्या हेर्दा कम्पनीको आईपिओमा १० कित्ता आवेदन दिनु उपयुक्त देखिन्छ ।- आर्थिक संदेश

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय