१८ गतेदेखि सबै सार्वजनिक सवारी चलाउने व्यवसायीको निर्णय

काठमडाौं । यातायात व्यवसायी र मजदुरहरुले सरकारी निर्णयको अवज्ञा गर्दै सबै सार्वजनिक सवारी चलाउने निर्णय गरेका छन् ।

सरकारले लिएको नीति र गरेका निर्णयमाथि विभिन्न ध्यानाकर्षणहरु जनाउँदै व्यवसायी र महजदुरका चार संगठनहरुले यहि १८ गतेदेखि सबै सार्वजनिक सवारी चलाउने निर्णय गरेका हुन् ।

काठमाडौं उपत्याकाको स्थानीय प्रशासनले आजदेखि उपत्यकामा निषेधाज्ञा खुकुलो गर्दै २५ सिटभन्दा माथिका सार्वजनिक सवारी चलाउन दिने निर्णय गरेको छ ।

उक्त निर्णयसंगै बिहानैदेखि उपत्यकामा सार्वजनिक यातायात चलिरहेका छन् ।

तर, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायत मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले भने असार १८ गतेदेखि मापदण्ड अपनाएर सबै सार्वजनिक सवारी चलाउने निर्णय गरेका हुन् ।

ठूला बस मात्रै चल्न दिने निर्णयले साना व्यवसायी र त्यसमा कार्यरत मजदुरहरु ऋण र रोजीरोटीको समस्या परेको यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताउनुभयो ।

‘जोर बिजोरमा सार्वजनिक यातायात चलाउँदा भीड बढ्छ, भीडलाई गाडी चढ्नबाट रोक्न सकिन्न, अनि ट्राफिकले त्यही बाहानामा चिट काट्छ,’ उहाँले भन्नुभयो । सबै सार्वजनिक सवारी चल्न दिएमा भीड पनि कम हुन्छ, व्यवसायी र स्वरोजगार मजदुरको समस्या पनि हल गर्न सघाउ पुग्छ ।’

महासचिव सिटौलाले अब विमानमा यात्रु बोक्न दिने निर्णय भएकाले लामो दूरीको सवारी चल्न नदिनु अन्याय हुने बताउनुभयो ।

सार्वजनिक सवारीको वैज्ञानिक भाडा समायोजन गरेर तुरुन्तै सार्वजनिक सवारी चलाउने वातावरण बनाउन महासंघसहित मजदुर संगठनहरुले माग गरेका छन् ।- ज्योतिन्यूज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय