गुल्मीमा संक्रमितहरुको घरमै स्वास्थ्यकर्मी

गिता पाण्डे, गुल्मीः गुल्मीदरबार गाउँपालिकाले संक्रमितहरुको घरमै पुगेर स्वास्थ्य अबस्थाको बारेमा जानकारी लिएको छ ।

पालिका भित्र रहेका संक्रमितहरुको घरमै पुगेर स्वास्थ्य अबस्थाको बारेमा जानकारी लिने र उनीहरुलाई स्वास्थ्य सामग्री प्रदान गरेको गाउँपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

संक्रमितहरुलाई मास्क ,स्यानीटाइजर,अक्सिमिटर आवश्यक औषधि वितरण गरिएको स्वास्थ्य शाखाका प्रमुख नारायणप्रसाद अर्यालले जानकारी दिए ।

संक्रमितहरुको आत्मबलमा बृद्धि गर्न ,संक्रमणको समयमा अपनाउनुपर्ने उपायहरु र आवश्यक परामर्श दिनका लागि स्वास्थ्यकर्मीहरु परिचालन गरिएको अर्यालले बताए ।

पालिका भित्र अहिले ७४ जना सक्रिय संक्रमित रहेका छन् ।उनीहरुको स्वास्थ्यमा कुनै समस्या परे अस्पतालसम्म लैजानका लागि दूईवटा एम्बुलेन्स र जिपलाई तयारी अबस्थामा राखिएको गाउँपालिकाले जनाएको छ । संक्रमित सबै गुल्मीदरबार गाउँपालिका वडा नम्बर ६ चारपालाका हुन् ।

यता जिल्लामा अहिले ३१० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । संक्रमणका कारण जिल्लामा ९० जनाको मृत्यु भइसकेको छ । – खबर मार्केटबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय