कोशी र कनकाईको तटीय क्षेत्रमा बाढीको उच्च जोखिममा

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाका अनुसार आज (सोमबार) कोशी, कनकाई र यसका सहायक नदी तथा खोलामा पानीको बहाव बढ्ने सम्भावना रहेको छ।

यसका तटीय क्षेत्र बाढीको उच्च जोखिममा रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। महाशाखाका अनुसार आज प्रदेश १ का इलाम‚ झापा‚ सुनसरी‚ मोरङ‚ उदयपुर र धनकुटामा बाढीको उच्च जोखिम रहेको छ।

पाँचथर‚ ओखलढुङ्गा‚ संखुवासभा‚ भोजपुर र ताप्लेजुङमा मध्यम जोखिम रहेको छ।

यस्तै‚ प्रदेश २ का महोत्तरी‚ धनुषा‚ सिरहा र सप्तरीमा बाढीको जोखिम मध्यम नै रहेको छ।

बागमती प्रदेशका रसुवा‚ सिन्धुपाल्चोक‚ दोलखा‚ रामेछाप‚ नुवाकोट‚ धादिङ र काठमाडौं बाढीको मध्यम जोखिमको सूचीमा रहेको छ।

गण्डकी प्रदेशका गोरखा‚ लमजुङ‚ तनहुँ‚ स्याङ्जा‚ पर्वत‚ कास्की र बाग्लुङमा पनि बाढीको जोखिम मध्यम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय