कोरोना संक्रमणका कारण बागलुङमा थप एक जनाको  मृत्यु

बागलुङ : बागलुङमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

बागलुङ नगरपालिका वडा नम्बर ४ की ७३ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड—१९ फोकल पर्सन देवप्रकाश घिमिरले बताए ।

जेठ २ गते धौलागिरी अस्पताल भर्ना भएकी उनको शुक्रबार राती ९ः४५ बजे मृत्यु भएको हो घिमिरेको भनाई छ ।

कोभिड संक्रमणसंगै निमोनिया समेत रहेका कारण उनको मृत्यु भएको छ । योसंग बागलुङमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ ।- बागलुङ पोस्ट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय