राष्ट्रपति र प्रधानमन्त्रीको काम वदनियतपूर्ण

काठमाडौं । दोस्रोपटक गरिएको प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनका

तर्फबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ सांसदले दायर गरेको रिटमाथि अन्तिम चरणको सुुनवाई अन्तर्गत तेस्रो दिनको बहस सुरु भएको छ।

बिहीबार गठबन्धनका आठ कानुन व्यवसायीले आफ्नो बहस गरेसँगै रिटलाई हेर्दाहेर्दैमा राखिएको थियो।

आज वरिष्ठ अधिवक्ता श्रीहरि अर्याललगायत कानून व्यवसायीले बहस गर्ने तालिका छ । बिहीबार वरिष्ठ अधिवक्ताहरू रमण श्रेष्ठ, हरिहर दाहाल, प्रेमबहादुर खड्का, बोर्णबहादुर कार्की, मिथिलेससिंह यादव, हरि उप्रेती, गान्धी पण्डित र खगेन्द्र अधिकारीले बहस गरे।

उनीहरुले बहसका क्रममा विघटन बदर हुनुपर्ने भन्दै बहस गर्नुभएको थियो ।

आजको बहसको सुरुमै बहस गर्दै वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले राष्ट्रपति र प्रधानमन्त्रीको काम वदनियतपूर्ण देखिएको दावी गर्नुभयो । प्रधानमन्त्रीले संविधानको पालना गर्छु भनेर शपथ खाएको स्मरणसमेत गराउँदै भन्नुभयो, ‘त्यो भनेको उहाँले विश्वासको मत लिन्छु भनेर शपथ खानुभयो तर, आफैले खाएको शपथको पालना गर्नुभएन।’

राष्ट्रपतिले संसदमा जानका लागि बाटो फुकाइ दिनुपर्नेमा टिकट टाँसेको चिठी (जसपा र प्रधानमन्त्रीले पठाएको) लाई आधार मानेर वदनियतपूर्ण निर्णय गरेको उहाँको भनाइ छ ।

संवैधानिक परिषद् र नागरिकता विधेयक ल्याउँदा पनि बदनियत राखिएको समेत उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय