सुरेश छन्त्याल/ पाण्डबखानी- गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेकाे नेपाल टेलिकम बागलुङद्धारा संचालित नमस्ते टावर अवरुद्ध भए संगै

पाण्डबखनीका समुदाय लगाएत सिसाखानीका केही घरदुरी संचार माध्यमबाट बन्चित भएका थिए । अविरल वर्षाका कारण गत जेठ ३० गते अवरुद्ध बनेकाे टावर आज पुन संचालनमा आएकाे छ। टावरकाे पाेलमा रहेकाे ईन्सुलेटर जल्दा टावर अवरुद्ध हुन पुगेकाे स्थानीय छम काउचाले जानकारी दिनुभयाे।

त्यस्तै घाेम्टे खाेला जलविद्युतमा रहेकाे एल्सीपाेट नया राखेपछि टावर संचालनमा आउदा पाण्डबखानीका ४०७० समुदाय लगाएत सिसाखानीका केही घरदुरी लाभान्वित भएका छन् ।

यसरी लामाे समय सम्म टावर अवरुद्ध हुदा बैंकिङ काराेबार, अनलाइन कलास, संचार, महत्त्वपूर्ण कार्यबाट बन्चित हुदा धेरै क्षति पुगेकाे सप्तरङ्गी बचत तथा श्रृण सहकारी संस्था लि. पाण्डबखानीका प्रबन्धक तथा पाण्डबखानी अनलाइन खबरका सह सम्पादक दिप घर्तिले बताउनु भयाे।

त्यस्तै नेपाल टेलिकम बागलुङका प्रमुख तथा बरिस्ठ इन्जिनियर केशब शर्माले टावर अवरुद्ध हुदा सर्वप्रथम त्यस क्षेत्रका समुदायदाइ घाटा हुने संगै यस्ताे विपद्काे समयमा टावरबाट बन्चित हुदा धेरै क्षति पुग्ने हुदा टेलिकमलाई पनि अवसर

पर्ने र पाण्डबखानीमा रहेकाे टावरलाई नियमित संचालन राख्न केन्द्रीय लाईनकाे अत्तिनै तत्कालै आवश्यक रहेकाे जानकारी दिनु भयाे।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here