घ्युबेशि राहत सङकलन तथा  वितरण अभियानकाे अर्को सराहनीय  कार्य :वृद्ध महिलाकाे गर्याे उद्धार

पिताम्बर भण्डारी । घ्युबेशि राहत संकलन तथा वितरण अभियान रुरुक्षेत्र गाउँपालिका गुल्मिले अाज एक बेसाहारा वृद्ध महिलाको उद्धार गरेको छ ।

covid 19 ले पार्न सक्ने सामाजिक ,अार्थिक तथा मानसिक समस्यालाई मध्यनजर गर्दै अति अाबस्यक अाैषधि तथा खाद्यान्न उपलब्ध गराउने उदेश्य सहित स्थानीय युवाहरु राजन श्रेष्ठ ,बालेन श्रेष्ठ , विशाल गहतराज,अनिश गहतराज लगाएतकाे पहलमा अभियान सुरुवात गरिएको थियोे ।

अभियानले अाज रुरुक्षेत्र गाउँपालिका स्थित रानिबास बाट एक बेसाहारा वृद्ध महिला दमन्ति घर्ती मगर काे उद्धार गरेको छ। विगत दुई वर्ष अघि देखि रानिवास बजार अासपासमा सडक जीवन बिताइरहेकि वृद्ध महिलाको युवा नेता यदु ज्ञवालि काे व्यवस्थापन साथै किसन पाण्डे ,मन्जु परियार लगाएतकाे

सहजिकरणमा वुटबल स्थित मानव सेवा आश्रममा लगि उद्धार गरिएको अभियान्ता अनिश गहतराजले बताए। यश अघि पनि युवा नेता यदु ज्ञवालिकाे पहलमा एक वृद्ध काे उद्धार गरि मानव सेवा आश्रममा लगिएकाे थियोे ।

अभियानले यश भन्दा अघि पनि धेरै सामाजिक कार्य गरिसकेको छ। लामाे समयकाे लकडाउनकाे कारणले गर्दा समस्यामा परेका विपन्न घर परिवारलाई अत्यावश्यक अाैषधि तथा खाद्यान्न वितरण गर्दै अाइरहेकाे छ। यसै बिच अभियानले रुरु प्राथमिक स्वास्थ्य केन्द्रलाई अत्यावश्यक अाैषधि हस्तान्तरण गरेको थियोे ।

यश सङ्गै अभियानले रुरुक्षेत्र गाउँपालिका भित्र विभिन्न स्थानमा अत्यावश्यक अाैषधि वितरण गर्दै अाएकाे अभियान्ता अनिश गहतराज ले बताए ।

अभियान्ता गहतराजले अभियान निरन्तर चलिरहने जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय