पाल्पा बुटवल सडक एकतर्फी सुचारु

पाल्पा- तीनदिनदेखि परेके पानीसँगै गएको पहिरोले बन्द पाल्पा बुटवल सडक खण्ड एकतर्फी रुपमा सुचारु भएको छ ।

तीन दिनदेखि पाल्पा तानसेन ८ जरेपिपल,गौडेपुल स्थित सिद्दार्थ राजमार्गमा अबिरल बर्षाको कारण सडक देखी माथीबाट पहिरो खसी पुर्ण रुपमा बाटो अबरोध भएको थियो ।

प्रहरी र सडक डिभिजन कार्यालय संग समन्वयमा सडक एकतर्फी खुलेको प्रहरीले जनाएको छ । दिउँसाे पाैने तीनबजेदेखि सुचारु भएकाे हाे ।

सडक अबरुद्ध भएसँगै राजमार्गमा सयाै सवारीहरु अलपत्र रहेका थिए । पानीसँगै परेकाे पहिराेले गाैडेपुल नजिक पहिराेसँगै ५० मिटर जति सडक नै बगाएकाे थियाे ।

यस्तै सिद्धबाबा कालीमाटी लगाएतका क्षेत्रमा समेत पहिराे खसेकाे थियाे ।- खुल्ला न्यूज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय