पहिरोका कारण ७ परिवार विस्थापित

बागलुङ : निरन्तर वर्षाका पहिरो झर्दा ताराखोला गाउँपालिकामा ७ घर परिवार विस्थापित भएका छन् ।

ताराखोला गाउँपालिका वडा नम्बर ५ मा तीन घर र वडा नम्बर २ मा चार घर विस्थापित भएको प्रहरीले जनाएको छ । ताराखोला गाउँपालिका वडा नम्बर ५ का ५० वर्षीय लिलाबहादुर विक, ४५ वर्षीय मिठे विक र ६५ वर्षीय टिकाराम विकको घर पहिरोको उच्च जोखिममा परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिए ।

गाउँपालिकाकाे वडा नम्बर २ को अर्गलमा ४ घरपरिवार विस्थापित भएको ताराखोला
गाउँपालिका वडा नम्वर २ का वडाअध्यक्ष भद्र वहादुर घर्तीले जानकारी दिए स्थानीय भिम बहादुर घर्ती,तुल बहादुर पुन, राजकुमार नेपाली र भिमबहादुर घर्तीको उच्चा जोखिममा परेको हो ।

घर जोखिममा परेपछि उनीहरुको परिवार विस्थापित भएको बताइएको छ । उनीहरु छिमेकीकोमा आश्रय लिएका छन् । – बागलुङ पोस्ट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय