पहिरो खसेपछि तम्घास-रिडी र रिडी-रुद्रवेणी सडकखण्ड ठप्प

गोकर्ण पाण्डे-गुल्मी।तीन दिन देखि लगातार वर्षाका कारण पहिरो खसेपछी गुल्मीको तम्घास-रिडी र रिडी-रुद्रवेणी सडकखण्ड ठप्प भएको छ ।

तम्घास-रिडी सडकखण्ड अन्तर्गत रेसुङ्गा नगरपालिका-१३ को भगाँरी खोलामा गएराति पहिरो खसेपछी सडक बन्द भएको छ। अहिले बाटो खुलाउने काम भैरहेको रेसुङा नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष खुम खत्रीले जाजानकारी दिए ।

सडक बन्छ भए पछि सवारीसाधनहरु बाटैमा रोकिएका छन्। त्यसैगरी गुल्मीकै रिडी-रुद्रवेणी सडकखण्ड अन्तर्गत रुरुक्षेत्र गाउँपालिका-२ साँघुरेमा बिहान सडक माथिबाट चट्टानसहितको ठूलो पहिरो खसेपछि यो सडक पनि ठप्प भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय