FILE PHOTO

बागलुङ : बागलुङमा गोरु काटेको आरोपमा १० जना पक्राउ परेका छन् ।

प्रहरीले जिल्लाको गलकोट नगरपालिकाका युवाहरुलाई गोरु काटेर मासु खाएको आरोपमा पक्राउ गरेको हो । शुक्रबार राती गलकोट नगरपालिका वडा नम्बर ११ ठुलपोखरी भन्ने स्थानमा गोरु काटेर मासु खाएको विशेष सूचना प्राप्त भएपछि प्रहरी टोली त्यस स्थानमा पुगेर उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

शनिबार जिल्ला प्रहयरी कार्यालय बागलुङमा झिकाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभयो ।

प्रहरीले गलकोट नगरपालिका वडा नम्बर ११ ठुलपोखरीमा बस्ने ३१ वर्षीय विष्णु श्रीस, सोही स्थानका ३६ वर्षीय लाल बहादुर श्रीस, वर्षीय मोहन श्रीस, ३८ वर्षीय तुल बहादुर श्रीस, ३० वर्षीय यम बहादुर श्रीस, ३५ वर्षीय टंक सुनार, २६ वर्षीय को मनोज श्रीस,

४१ वर्षीय झम काउच, २८ वर्षीय बल बहादुर विक र ४४ वर्षीय बेल बहादुर श्रीसलाई प्रहरीले पक्राउ गरेको छ ।- बागलुङ पोस्ट

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here