आइतबार देशभर  मनसुन सक्रिय बन्ने , देशभर  भारी वर्षाको संभावना

काठमाडौं । शुक्रबार नेपालको पूर्वी भूभागमा प्रवेश गरेको मनसुन आइतबारसम्म देशभर सक्रिय बन्ने भएको छ ।

हाल प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा मनसुन सक्रिय भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा सामान्यतया मनसून जुन १३ मा भित्रिने र अक्टोबर २ मा बाहिरिने गरेको छ ।

दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चले आगामी मनसून आवधिमा नेपालका धेरैजसो भूभागमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरेको छ ।

हाल देशमा मनसुनी वायु, स्थानीय वायु र पश्चिमी वायुको मिश्रित प्रभावले ठाउँठाउँमा वर्षा भइरहेको महाशाखाले विहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

मनसुन देशैभर सक्रिय हुँदै जाँदा अबको तीन दिन विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो र राति प्रदेश २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जनरचट्टयाङ्गसहित भारी बर्षाको सम्भावना रहेको छ । यो क्रम मंगलबारसम्म जारी रहने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।

‘देशका धेरै स्थानहरुमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा प्रदेश २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना देखिएकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,’ महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय