ट्याक्टरले ठक्कर दिँदा बागलुङमा  एक जनाको मृत्यु

बागलुङ : बागलुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको बागलुङ नगरपालिका नम्बर ६ लहरेपिपलमा ट्याक्टर दुर्घटना हुँदा वडा नम्बर ४ पाखाथर की ५२ वर्षीया कमला कुमारी शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक शर्मा स्थानीय काफलठूटा आधारभूत विद्यालयकी शिक्षिका समेत रहेको स्थानीयले बताएको छन् ।

शिक्षिक शर्मालाई ग १ त ६३०३ नम्बरको ट्याक्टर सिकाउने क्रममा ठक्कर दिदा मृत्यु भएको बताइएको छ । प्रहरीले ट्याक्टर चालक सुरेश नेपाली र सह–चालक भुवन नेपालीलाई नियन्त्रणमा लिएको छ । – बागलुङ पोस्ट

यो पनि पढ्नुहोस्
गुल्मीः गुल्मीमा निर्माण सामग्री बोकेको ट्रकले किच्दा सहचालकको मृत्यु भएको छ ।

जिल्लाको मदाने गाउँपालिका वडा नम्वर दुई बाँझकटेरीमा ना २ ख ५७६५ नम्बरको ट्रक ओरालो बाटोमा रोकी ओट लगाउँदै गर्दा ट्रक ब्याक भई सहचालकको मृत्यु भएको हो।

मृत्यु हुनेमा ट्रकका सहचालक प्युठान जिल्ला स्वर्गद्धारी नगरपलिका वडा नम्बर तीन रुमालेका २० बर्षीय गगन घर्तीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए । ट्रक अर्घाखाँची तर्फबाट निर्माणका सामग्री लिएर गुल्मी आउँदै गरेको थियो ।

घटनास्थलको मुचुल्का तयार गरेपश्चात चालक माथी ज्यान मार्ने मुद्धा सम्बन्धी मुद्धा दर्ता गर्ने तयारी गरेको पाण्डेले बताए । चालक प्युठान जिल्ला माण्डवी गाउँपालिका वडा नम्बर ५ चकचकेका ३३ बर्षका सुर्यबहादुर केशी अहिले प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।- खबर मार्केट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय