जीप दुर्घटना हुदाँ चालकको मृत्यु

अर्घाखाँचीमा जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

भुमिका स्थानको ढिकुराबाट डेभातर्फ आज विहान जाँदै गरेको लु १ च ६१६८ नम्बरको डबल क्याप जिप भुमिकास्थान ९ तारिकेमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार दुर्घटनामा भुमिकास्थान –९ कागाडी चालक अन्दाजी २९ वर्षीय रामबहादुर नेपालीको मृत्यु भएको छ ।

गाडीमा चालक मात्र रहेको र सडकबाट करिब ५० मिटर तल खसेको छ । प्रहरीले घटना थप अनुसन्धान शुरु गरेको छ । रातोपाटिबट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय