राष्ट्रपति विद्यादेवी भण्डारी  र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बुधबार राति भेटवार्ता भएको छ।

उहाँहरुबीच करिब साढे २ घण्टा वार्ता भएको बताइएको छ । साढे सात बजेतिर शीतलनिवास प्रवेश गर्नुभएका प्रधानमन्त्री करिब १० बजे बाहिरिनुभएको थियो ।

सर्वोच्च अदालतले लिखित आदेश माग गरेलगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारी भेट्न शितल निवास पुग्नुभएको हो ।

संसद विघटन गर्नु पर्नाका कारणसहित ७ दिनभित्र लिखित जवाफ पेश गर्न सर्वोच्चले आदेश दिएको छ।

अदालतलाई दिने जवाफ लगायतका सम्बन्धमा ओली र राष्ट्रपति भण्डारीबीच छलफल भएको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय