सबै नेपालीहरुका लागी खुसिको खबर

काठमाडौँ । बुधबार नेपालमा थप ४ हजार ३४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

गत २४ घण्टाको अवधिमा देशका विभिन्न ठाउँमा गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा बुधबार थप ४ हजार ३४४ जनामा संक्रमण पुष्टि भएको हो।

गत २४ घण्टाको अवधिमा १२ हजार ७४ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

पीसीआर परीक्षणका क्रममा ३ हजार ४४९ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै, सोही अवधिमा ४ हजार ५६८ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणबाट ८९५ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा ५ हजार ७६८ जना कोरोना संक्रमित कोरोनामुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ५ लाख १० हजार २९८ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय