कोरोनाका कारण बागलुङमा थप एक जनाको मृत्यु,

बागलुङ : कोरोना संक्रमणबाट बागलुङमा थप एउक जनाको मृत्यु भएको छ । जिल्लाको निसीखोला गाउँपालिका वडा नम्बर ५ की ६२ वर्षीया महिलाको मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या भएर गत जेठ १० गते धौलागिरी अस्पताल बागलुङमा आएकी महिलाको मंगलबार राति ८ः२० मा मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए । निसीखोला गाउँपालिकामा कोरोना संक्रमणबाट मृत्यु हुने यो पहिलो घटना हो ।

उनी कोरोनासँगै अन्य रोगबाट समेत ग्रसित रहेको स्वास्थ्यकर्मीको भनाई छ । योसँगै बागलुङ कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६ पुगेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।- बागलुङ पोस्ट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय