मगंलबार मुसिकोटमा थप ११ जनामा कोरोना पुष्टी, वडा नं. ५ का मात्रै  ९ जना संक्रमित

गोविन्द कंडेल, मुसिकोट गुल्मी । २५ जेठ २०७८ , गुल्मीको मुसिकोट नगरपालिकामा आज थप ११ जनामा कोरोना सक्रंमण पुष्टी भएको छ ।

संकास्पद लक्षण देखिएका १६ जनाको आज वामीटक्सार स्वास्थ्य चौकी र वडागाउँ स्वास्थ्य चॏकीमा गरिएको एन्टिजेन परिक्षणमा मुसिकोट नगरपालिकाका ११ जनामा कोरोना भाईरसको सक्रंमण पुष्टी भएको हो । दोस्रो भेरियन्टबाट हाल सम्म संक्रमित भएकाहरू मध्ये आज एकै दिन ८ जना संक्रमण मुक्त भएका छन ।

आज संक्रमित हुनेमा मुसिकोट नगरपालिका वडा नं. ५ का ६ जना पूरूष र ३ जना महिला, वडा नं. ४ का १ जना पूरूष, वडा नं. ८ का १ जना पूरूष रहेको मुसिकोट नगरपालिकाका स्वास्थ्य शाखा संयोजक डि.वि.जि.सी.ले सेरोफेरो नेपाललाइ जानकारि दिनु भयो ।

बिरामिहरुमा रुघाखोकी र ज्वरो लगायतका कोभिड -१९ सँग सम्वन्धीत विभिन्न लक्षणहरू देखिय पछि एन्टिजेन परिक्षण गरिएको र अहिले संक्रमितको अबस्था सामान्य रहेकोले होम आइसोलेसनमा पठाइएको वताइएको छ ।

कोरोना भाइरसको दोस्रो भेरियन्ट मुसिकोट नगरपालिकाको समुदाय स्तरमा देखिदाँ हाल सम्म मुसिकोट नगरपालिकामा २७६ जना नागरिक संक्रमित भइ सकेको नगरपालिकाले जनाएको छ ।

कुल २७६ जना संक्रमित भएकोमा हाल सम्म संक्रमणका कारणले ६ जनाको मृ,त्यू भइसकेको, १८३ जना कोभिड – १९ संक्रमण मुक्त भइ सकेकोले हाल नगरपालिकामा कुल ८७ जना सक्रिय संक्रमित रहेको मुसिकोट नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय