किन वामी- भुवाचिदी सडक कालोपत्रेको काम पटक पटक म्याद थपिदा पनि पुरा हुन सकेन ?

विवेक काफ्ले,गुल्मी । पटक पटक म्याद थपिदा पनि वामिटक्सार – भुवाचिदी सडक खण्ड कालोपत्रे हुन् सकेको छैन ।

गुल्मीको लाइफलाइन मानिने रिडी– रुद्रवेणी– वामीटक्सार सडक अन्तर्गत वामीटक्सार देखि भुवाचिदी सम्मको बाटो कालोपत्रे गर्नको निम्ती तेस्रो पटक म्याद गरि काम शुरू भएको पनि करीब ३ महिना भएको छ ।

तर गत वर्षको फाल्गुनबाट सुरु गरिएको सडक ग्रेडिंगको कामले एक महिना नबित्दै विश्राम लिएको छ ।

वामीटक्सार देखि भुवाचिदी सम्मको करिब ५ किलोमिटर सडकलाई कालोपत्रेका लागि सुरुवाती चरणका कामहरु निर्माण कम्पनीले तदारुकताका साथ् गरिरहेको थियो ।

अहिले भने सडक निर्माणको काम ठप्प भएको स्थानीयहरु बताउछन । उक्त सडक २०७७ फाल्गुन मसान्त सम्म मै सक्नुपर्ने भएता पनि उतिबेला नै काम ढिला गरी शुरू भएको थियो।

Ads by AdMana.net
तोकिएको समयमै उक्त सडक खण्डको कालोपत्रे सम्पन्न नहुने देखिएपछी पुनः म्याद थप गरि २०७८ असोज मसान्त सम्ममा कालोपत्रेको काम सम्पन्न गर्ने गरि सम्झौता भएको श्रेष्ठ कन्स्ट्रक्सनका व्यबस्थापक हरी श्रेष्ठले “गुल्मी प्रेस” लाइ जानकारी दिनुभएको छ।

सुरुवाती चरणमा जसरि सडक निर्माणको कामले एउटा गति लिएको थियो सोहि अनुरुप अहिले काम किन हुन सकेन ? भन्ने प्रश्नमा , उहाँले भन्नुभयो “ जब हामीले काम गर्न सुरु गर्यौ त्यो समयमा केहि समस्या थिएनन।

तर अहिले एकातर्फ कोरोना महामारीका कारण मजदुरको अभाव खड्किएको छ भने अर्कातर्फ सिमर्खामा संचालन गर्न लागिएको क्रसर उद्योग समयमै संचालन नहुदा र संचालन प्रक्रियामा देखिएका समस्या समाधानमा केहि कठिनाई आएकाले केहि ढिला भएको हो । अब ति सबै समस्याको समाधान भएको छ ।

असोज मसान्तसम्ममा निर्माणको काम सम्पन्न गर्नु हुन्छ? भन्ने प्रश्नमा श्रेष्ठले भन्नुभयो ,“छिट्टै काम सुरु गर्छौं,कुनै प्राविधिक समस्या नथपीएको खण्डमा सडक कालोपत्रको काम म्याद अघिनै सकिन्छ।

पिच गर्नका लागि आवश्यक पर्ने पहिलो तहको काम लगभग सकिएको छ भने पिच गर्नका लागि तिन तहको बेस आवश्यक पर्ने बताइएको छ। तर वर्षा यम सुररु नहुदै कम सम्पन्न हुन नसकेमा पहिलो तह को ग्राभेल भत्किने सम्भावना पनि उत्तिकै छ ।

यसै सन्दर्भमा हामीले मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटासंग पनि सडक निर्माणमा ढिलाई हुदा नगरपालिका किन मौन बसेको छ भनेर प्रश्न गरेका छौ ।

नगरप्रमुख सापकोटा भन्नुहुन्छ, “ पटक पटक म्याद थप गर्दा पनि निर्माण कम्पनीले काम नगरेपछि हामीले प्रमुख जिल्ला अधिकारी मार्फत दबाब दिएका थियौ र सडक डिभिजन कार्यालय पाल्पामा पनि यस बिषयमा पटक पटक जानकारी गराएका छौ ।

उहाले थप्नुभयो, “ निर्माण व्यवसायीले सिमार्खामा क्रसर संचालन गर्न पाएमा मात्रै काम अघि बढ्ने बताएपछि त्यसका लागि पनि प्रक्रिया अघि बढाएर लगभग सहमति भैसकेको र असोज सम्मका लागि अस्थाई रुपमा संचालनमा ल्याउनका लागि सम्झौता भैसकेको छ । तर यस सन्दर्भमा भने नगरपालिकाले दवाब दिने बाहेक अरु केहि गर्न नसक्ने पनि उहाले बताउनु भएको छ ।

उक्त सडक ६.२५ मिटर चौडाईमा कालोपत्रे गर्ने मापदण्ड तोकिएको छ । वामीदेखि भुवाचिदीसम्म पिच गर्न लागिए पनि पल्टार देखि हाँडीखोला सम्मको भाग भने पिच नगरिने भएको छ । अत्यन्तै ओरालो भएको कारण त्यहाँ ढलाई गर्दा उपयुक्त हुने बताइएको छ।

उक्त सडक खण्ड कालोपत्रे गर्नका लागि ५ करोड ८५ लाख रकममा श्रेष्ठ कन्स्ट्रक्सनले जिम्मा लिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय